

गोरखा । नेकपा एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले मिलन गुरुङ (चक्रे मिलन) लाई प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गरेको छ।

आइतबार बसेको गोरखा क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले गुरुङसहित तीन जनाको नाम सिफारिस गरेको हो।
गुरुङसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम क्षेत्रले जिल्ला कमिटीमा सिफारिस गरी पठाएको छ।
मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकका हुन्।
गोरखा क्षेत्र नम्बर २ बाटै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने बताउँदै आएका छन्। यसअघि गोरखाक्षेत्र नम्बर २ बाट भट्टराई लगातार निर्वाचित हुँदै आइरहेका छन्।


