• बिहिबार, साउन १४ २०८३

नेपाल समाजवादी पार्टी गोरखा पुनर्गठन, अध्यक्षमा पुन: भट्ट


शनिबार, भाद्र १८ २०७९
920
Shares

गोरखा । नेपाल समाजवादी पार्टी गोरखाको पहिलो बिस्तारित बैठकले जिल्ला कार्यसमितिको पुनर्गठन गरेको छ ।

जिल्ला अध्यक्षमा यानप्रसाद भट्ट र उपाध्यक्षमा सुकदेव तामाङ, राजेश आले, पूर्णमाया वन्त छन् । सचिवमा तेजबहादुर गुरुङ, सहसचिवमा गणेश कार्की चयन भएका छन् ।

एक सय ७५ सदस्यीय जिल्ला कमिटि पुनर्गठन भएको अध्यक्ष भट्टले बताए । पहिलो बिस्तारित बैठकमा जिल्ला कार्य समिति पुनर्गठन भएको उनले बताए ।

पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा जिल्ला पार्टीको पुनर्गठन भएको हो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार