• बिहिबार, साउन १४ २०८३

गोरखा २ बाटै उम्मेदवार बन्ने बाबुराम भट्टराईको घोषणा


शनिबार, भाद्र १८ २०७९
705
Shares

गोरखा । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने डा बाबुराम भट्टराईले घोषणा गरेका छन् ।

राष्ट्रिय समाजवादी पार्टीको पहिलो जिल्ला विस्तारित बैठकलाई सम्बोधन गर्न गोरखा आएका डा भट्टराईले पत्रकार सम्मेलन गर्दै आगामी निर्वाचनमा अन्तिम पटक गोरखा २ बाटै चुनाव लड्न आफु इच्छुक रहेको बताएका हुन् ।

गठबन्धन दलभित्र सिट बाँडफाँडको मुख्य आधार पहिले जितेको क्षेत्र पाउने भन्ने सहमती बनेकाले आफ्नो दावी पनि गोरखा २ मै रहने उनले बताएका हुन् ।

साथै उनले याे पटक आफु पार्टी विशेषकाे नभई सबैकाे साझा उम्मेदवारका रुपमा हेरिदिन आग्रह गरेका छन् । ‘म सबै दलको साझा उम्मेदवारको रुपमा अघि बढ्न चाहेको छु’ भट्टराईले थपे, ‘यसमा कांग्रेस, माओवादी लगायत दलको त सहयोग हुन्छ नै, त्यो बाहेकका दलहरुले पनि यस पटक गोरखाको प्रतिनिधित्व गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा छ।’

याे निर्वाचनपछि आफु देशकाे विकास र समृद्धीकाे याेजनाकारका रुपमा अघि अढ्न चाहेकाे समेत बताएका छन् ।

गोरखा २ मा नेपाली काँग्रेसले सुरेन्द्र पाण्डे र नेकपा माओवदी केन्द्र गोरखाले बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डे र केन्द्रिय सदस्य चुडामणी खड्काकाे नाम सिफारिस गरिसकेको छ ।

फरक प्रशंगमा बोल्दै डा भट्टराईले पछिल्लो चोलेन्द्र सम्सेर राणा प्रकरण नेपालको राज्यसत्ता कसरी भ्रष्ट्रीकरण भइरेको छ भन्ने गतिलो नमुना भएको बताएका छन् ।

चोलेन्द्रप्रकरणमा आफ्नो नाम समेत जोडिएकोप्रति आपत्ति जनाउदै भट्टराईले ‘सखर र गोबर’ संग तुलना समेत गरेका छन् । साथै उनले ललिता निवास प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै स्पष्टिकरण दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार