• बिहिबार, साउन १४ २०८३

गोरखामा उम्मेदवार बनाउन प्रचण्डकाे नाम सिफारिस भएकाे छैन: जिल्ला अध्यक्ष भट्ट


शुक्रबार, भाद्र १७ २०७९
855
Shares

गोरखा । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखाबाट उम्मेदवार बनाउने बिषय प्रस्ताव मात्रै भएकाे पार्टीका गोरखा अध्यक्ष विष्णु भट्टले बताएका छन् ।

सिभिलखबरसंगकाे कुराकानीमा उनले गोरखा १ बाट प्रचण्डलाई उम्मेदवार बनाउन जिल्लाका केहि नेताकाे प्रस्ताव मात्रै भएकाले सिफारिस भइनसकेकाे प्रतिकृया दिएका हुन् ।

‘चुनाव हाे, अध्यक्षलाई कम्फरटेवल हाेस् भनेर गोरखाबाट केहि साथीहरुले प्रस्ताव गर्नुभएकाे हाे, सिफारिस नै भएर फाइनल भइसकेकाे हाेइन’ उनले सिभिलखबरलाई भने ‘साथीहरुबाट प्रस्ताव आयाे भने जिल्लाकाे बैठकमा छलफल गर्न सकिन्छ ।’

माओवादीले गोरखाकाे उम्मेदवार सिफारिस र चुनावी तयारीका लागि जिल्ला बैठक आइतबार (भदौ १९) बाेलाएकाे बताइएकाे छ । सो बैठक पछि मात्रै उम्मेदवारको नाम सिफारिस गरेर पठाउने तयारी रहेकाे उनले बताए ।

यता आज शुक्रबार मात्रै अध्यक्ष प्रचण्डले समेत आगामी निर्वाचनमा चितवन–३ बाटै उम्मेदवारी दिने बताएका छन् । 

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने बताएका हुन्। प्रचण्ड अघिल्लो निर्वाचनमा पनि चितवन–३ बाटै निर्वाचित भएका थिए । 

अघिल्लो पटक बाम गठबन्धनका उम्मेदवार रहेका प्रचण्डले राप्रपाका विक्रम पाण्डेलाई साढे ९ हजार मतान्तरले पराजित गरेका थिए । 

प्रचण्डले यसअघिदेखि नै चितवनबाटै चुनाव लड्ने बताइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार