• शुक्रबार, भाद्र २६ २०८३

समाजवादीसँग पार्टी एकता हुँदैछ : प्रचण्ड


शुक्रबार, भाद्र १७ २०७९
685
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् ।

उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको जानकारी दिए ।

आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।’ केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार