• बिहिबार, साउन १४ २०८३

गोरखाबाट प्रचण्ड, नारायणकाजीसहित ७ जनाकाे नाम प्रस्ताव


शुक्रबार, भाद्र १७ २०७९
795
Shares

गोरखा । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि गोरखाबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित ७ जनाकाे नाम प्रस्ताव गरिएकाे छ ।

प्रतिनिधी सभा अन्तरगत गोरखा क्षेत्र नम्बर १ बाट दाहाललाई उम्मेदवार बन्न प्रस्ताब गरिएको हाे । यसै क्षेत्रबाट वहालवाला साँसदसमेत रहेका केन्द्रीय सदस्य हरिराज अधिकारी, सुशिला सिंखडाको नाम पनि माओवादी केन्द्र गोरखाले प्रस्ताव गरेको जनाएको छ ।

क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष श्रेष्ठ, केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुडामणी खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्तावमा परेकाे छ ।

त्यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा केन्द्रिय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ, परशुराम रम्तेल साथै भने १ ‘ख’ मा केन्द्रीय सदस्य कृष्ण धिताल, गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य ध्रुव भट्टकाे नाम प्रस्ताव भएको माओवादी केन्द्र गोरखाले जनाएको छ ।

क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ मा केन्द्रीय सदस्य खोपबहादुर कंडेल, कमला नहर्की र र प्रदेश समिति सदस्य धना तमु र प्रदेश क्षेत्र ‘ख’ मा केन्द्रीय सदस्य भगवती तिवारी, माओवादी केन्द्र बारपाक सुलिकोट अध्यक्ष नरबहादुर गुरुङ र बासु पोखरेलको नाम प्रस्ताव भएको छ ।

क्षेत्र र प्रदेश सभा सदस्यका लागि प्रस्तावमा आएकाे नामका बारे आगामी आइतबार जिल्ला पार्टीकाे बैठकमा छलफल गरी केन्द्रलाई सिफारिस गर्ने तयारी रहेकाे जिल्ला अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

यसअघि नेपाली काँग्रेसले समेत दुवै क्षेत्र र ४ वटै प्रदेश सभाका आकांक्षीसंग आवेदन माग गरेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार