
राष्ट्रिय सभाको विधायन समितिमा पठाइएको नागरिकता विधेयक हुबहु पारित भएको छ।
यसअघि प्रतिनिधि सभाले पनि हुबहु नागरिकता विधेयक पारित गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित संसदमै फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पारित भएका छन्।

राष्ट्रिय सभाको विधायन समितिका दुई बैठकमा नागरिकता विधेयकमाथि छलफल भए पनि कुनै हेरफेर गरिएन। बहुमतका आधारमा बुधबार समितिबाट पास भएको थियो।
बिहीबार अपरान्ह ३ बजे राष्ट्रिय सभा बैठक बस्दैछ।
यो बैठकमा विधायन समितिको प्रतिवेदन टेबुल गर्ने तयारी छ। विधायन समितिमा नेकपा एमालेका सांसदहरूले भने नागरिकता विधेयकबारे फरक मत राखेका थिए।
विधायन समितिको प्रतिवेदन आज राष्ट्रिय सभामा टेबल गरे पनि अर्को बैठकमा छलफल गर्ने र विधेयकलाई पारित गर्ने तयारी छ।
संसदको दुवै सदनबाट नागरिकता विधेयका पारित भएपछि सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने व्यवस्था छ।


