• बिहिबार, साउन १४ २०८३

काँग्रेसका तिनै जना केन्द्रिय सदस्य संघिय सांसदका आकांक्षी (अरु काे काे छन् ?)


बुधबार, भाद्र १५ २०७९
960
Shares

गोरखा । गोरखाबाट नेपाली काँग्रसकाे केन्द्रिय सदस्यमा चुनिएका तिनै जनाले प्रतिनिधी सभाकाे निर्वाचनमा उम्मेदवार बन्न आकांक्षा ब्यक्त गरेका छन् ।

गएकाे महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ र अब्दुल सत्तारले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बन्न चाहेकाे भन्दै आज नेपाली काँग्रेस गोरखाकाे पार्टी कार्यालयमा निवेदन दिएका हुन् ।

पाण्डेले गोरखा क्षेत्र नम्बर २ मा प्रत्यक्ष र सत्तारले साेही क्षेत्रमा समानुपातिक तर्फका लागि आवेदन दिएका हुन् । त्यस्तै श्रेष्ठले क्षेत्र नम्बर १ मा प्रत्यक्ष निर्वाचन लड्न इच्छा ब्यक्त गर्दै पार्टीलाई निवेदन दिएकाे नेपाली काँग्रेस गोरखाले जनाएकाे छ ।

क्षेत्र नम्बर १ मा श्रेष्ठसंगै १४ जनाले उम्मेदवार बन्न आवेदन पेश गरेका छन् । प्रत्यक्ष तर्फ ९ जना र समानुपातीकतर्फ ५ जनाले आवेदन पेश गरेको कांग्रेस क्षेत्र नम्बर १ का सचिव शरण श्रेष्ठले बताए ।

प्रत्यक्षतर्फ महासमिति सदस्य राजेन्द्र बजगाँई, तुलराम दाहाल, गण्डकी प्रदेश समितिका महामन्त्री किरणबाबु श्रेष्ठ, महाधिवेशन प्रतिनिधि देवेन्द्र वाग्ले, रामकृष्ण लामिछाने, महासमिति सदस्य राजनराज पन्त, महाधिवेशन प्रतिनिधि जानुका अधिकारीले पनि आवेदन पेश गरेका छन् ।

त्यस्तै समानुपातिकतर्फ जगत बराम, युवराज बस्ताकोटी, जीवनप्रेम श्रेष्ठ, रजनी मियाँ र शोभा भट्ट खनालले उम्मेदवार बन्न इच्छा जाहेर गरेकाे क्षेत्रिय सचिव श्रेष्ठले जानकारी दिए ।

यसैगरी राष्ट्रिय चर्चामा रहेकाे क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ पाण्डेकाे एकल दावेदारी परेकाे छन् । गठबन्धन दलबाटै डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठकाे चर्चा समेत रहेकाे यस क्षेत्रमा कांग्रेसबाट पाण्डेकाे एकल दावेदारी पर्नुलाई विशेष रुपले हेरिएकाे छ ।

यस क्षेत्रमा समानुपातिक तर्फ भने केन्द्रिय सदस्य सत्तारसहित पूर्व जिल्ला सभापति हरिबहादुर घले, महाधिवेशन प्रतिनिधि पिताम्बर बडु, अम्बिका न्यौपाने, गोमा ढकालले आवेदन दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार