• शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं ४ बाट चुनाव लड्न गगन थापाले दिए कांग्रेसमा आवेदन


बुधबार, भाद्र १५ २०७९
805
Shares

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्न आवेदन दिएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उमेदवारीका लागि महामन्त्री थापाले आवेदन दिएका हुन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन फारम सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन्।

‘म काठमाडौँ–४ बाट चुनाव लड्छु।’ उनले भने, ‘कास्की १ बाट मनोनयन फारम दर्ता गरिएको बारेमा केही जानकारी छैन।’

महामन्त्री थापाले केही सञ्चारमाध्यमहरुमा आफूले काठमाडौँ–४ मा उम्मेदवार बन्नका लागि निवेदन दिएको बारेमा आएको समाचार प्रति पनि आश्चर्यता प्रकट गरे।

यसअघि भानुभक्त ढकालमार्फत उनका नाममा कास्की १ बाट उम्मेदवार बन्न दर्ता गरेको निवेदन सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार