• बिहिबार, साउन १४ २०८३

प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने सत्ता गठबन्धनको तयारी


बुधबार, भाद्र १५ २०७९
605
Shares

????????????? ????? ??????????? ?????? ????? ??????? ????? ???? ;Qf u7aGwg bnsf] a}7s sf7df8f}F, @@ r}t M k|wfgdGqL lgjf; afn'jf6f/df dªunaf/ a;]sf] ;Qf u7aGwg bnsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷ /f;;

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई आज टुंग्याउने तयारी गरेका छन् । सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । कांग्रेसका एक नेताले भने, ‘प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने कुरा आजको बैठकबाट टुंगिने सम्भावना छ ।’

गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ । कांग्रेसले कति सिट दाबी गर्ने भनेर साझा धारणा बनाउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

सोही धारणा अनुसार गठबन्धनको बैठकमा प्रस्तुत हुने नेपाली कांग्रेसका एक नेताले बताए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो ।

११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।कार्यदललाई कुन दलले कति सिट लिने भनेर टुंगो लगाउन गत साउन अन्तिम सातासम्मको समय दिइएको थियो । तर कार्यदलले नसकेपछि सो काम पुनः शीर्ष नेताकै जिम्मामा आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार