• शुक्रबार, भाद्र २६ २०८३

राप्रपाले गर्‍यो मोरङ-३ बाट रेखा थापालाई उम्मेदवार सिफारिस


मंगलबार, भाद्र १४ २०७९
890
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ-३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ।

प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले पहिलो नम्बरमा थापाको नाम उल्लेख गरेको छ।

राप्रपा बेलबारी नगरका अध्यक्ष नगेन्द्र कार्कीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो।

उनका अनुसार पार्टीले थापा र अधिकारीको नाम सिफारिस गरेको र उनीहरू तालमेल भए पनि नभए पनि चुनाव लड्ने बताए।

मोरङ-३ मा अघिल्लो चुनावमा एमाले नेता भानुभक्त ढकालले जितेका थिए। वाम गठबन्धनबाट उनले जित्दा काँग्रेस उम्मेदवार सुनिल शर्मा झिनो मतान्तरले पराजित भएका थिए। यसपटक पनि ढकाल र शर्माको नजर यही क्षेत्रमा छ।

राप्रपाबाट अभिनेत्री थापाको पनि नाम यही क्षेत्रबाट आएको छ। थापाको घर सुन्दरहरैंचा १२ सलकपुरमा पर्छ।

मिस कोशीको उपाधि जितेर नेपाली सिने क्षेत्रमा अघि बढेकी रेखा कुनैबेला माओवादीमा थिइन्। पछिल्लोपटक राप्रपा प्रवेश गरेकी उनी महाधिवेशनमा महामन्त्रीमा लडेकी थिइन्।

तर नेतृ कुन्ती शाहीसँग उनी पराजित भएकी थिइन्। मोरङको बेलबारी नगर, सुन्दर हरैंचा नगर, कानेपोखरी गाउँपालिका, पथरी शनिश्चरे नगरका केही भाग यो चुनावी क्षेत्रमा पर्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार