• बिहिबार, साउन १४ २०८३

स्याङ्जा १ काे प्रदेश ख मा शाह मोहम्मदले गरे समानुपातिकमा उम्मेदवारी घाेषणा


सोमबार, भाद्र १३ २०७९
940
Shares

पाेखरा । स्याङ्जा जिल्लाकाे क्षेत्र नम्बर १ काे प्रदेश सभा ख मा शाह मोहम्मद मियाँले समानुपातिकमा उम्मेदवारी घाेषणा गरेका छन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यका लागि मियाँले समानुपातिक तर्फ बाट आफू उम्मेदवार बन्ने घाेषणा गरेका हुन् ।

उम्मेदवारी घोषणासंगै उनले आज साेमबार नेपाली काँग्रेस स्याङ्गजाको पार्टी कार्यालयमा ईच्छा पत्र समेत दर्ता गरेका छन् ।

लामो समयदेखी राजनीति र समाज सेवामा सकृय रहेका मियाँ हाल पार्टीकाे निर्वाचित गण्डकी प्रदेश समिती सदस्य छन ।

पुतलीबजार नगरपालिका ३ निवासी उनि काङ्ग्रेसको १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

काँग्रेसकाे भातृ संस्था नेपाल मुस्लिम संघका गण्डकी प्रदेश सभापति समेत रहेका उनि जिल्लसहित प्रदेशभरका काँग्रेसी तथा युवाहरुमाझ लाेकप्रिय छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार