• बिहिबार, साउन १४ २०८३

गोरखा २ काे प्रदेश सभामा उम्मेदवार बन्न काँग्रेसमा ३८ जनाले हाले इच्छापत्र (काे-काे ?)


सोमबार, भाद्र १३ २०७९
835
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर २ काे दुवै प्रदेशमा गरी नेपाली काँग्रेसभित्र ३८ जना उम्मेदवारका आकांक्षी देखिएका छन् ।

आज साेमबार नेपाली काँग्रेस गोरखाले आकांक्षीकाे निवेदन माग गरी संकलन गर्दा प्रत्यक्ष र समानुपातिक गरी ३८ जनाले उम्मेदवार बन्न इच्छा ब्यक्त गरेका हुन् ।

उनिहरुले ७ हजार शुल्क तिरेर जिल्ला पार्टी कार्यालयमा इच्छा दर्ता गराएकाे सचिव कृष्ण बहादुर आलेले जानकारी दिए ।

जसमा गोरखा क्षेत्र नम्बर २ काे प्रदेश क मा किशोरजंग थापा, केदारमानसिंह बस्नेत, बिमल ढकाल, चन्दनबाबु खत्री, पूर्णबहादुर (ध्रुव) पन्त, दिपकबाबु कँडेल, अनुप कडरिया, रविकला खनाल, इमानसिंह बस्नेत, मोदनाथ मरहट्टा र भागवत रेग्मीले प्रत्यक्ष तर्फ उम्मेदवार बन्न आकांक्षा देखिएका छन् ।

त्यस्तै साेही प्रदेश सभातर्फबाट समानुपातिकमा दीर्घमान गुरुङ (नारायण), शोभा अधिकारी, बलराम खड्का, पूर्णबहादुर राना, इश्वरबहादुर परियारले निवेदन दर्ता गराएकाे काँग्रेस गोरखाले जनाएकाे छ ।

यसैगरी यसै क्षेत्रकाे प्रदेश ख मा प्रत्यक्ष तर्फका आकांक्षीहरुमा वेदप्रसाद काप्री, मनकुमारी गुरुङ, प्रकाशचन्द्र दवाडी, फणिन्द्रप्रसाद धिताल, चेतमान श्रेष्ठ, प्रदीपबाबु ढकाल, मोहनप्रकाश पोखरेल, नवीन श्रेष्ठ, दिपक हमाल, ओमबहादुर गुरुङ र प्रा. सलाउद्दीन मियाँ रहेका छन् ।

त्यस्तै समानुपातिक तर्फ गौरी तामाङ, कुमारी गुरुङ, मिना अधिकारी, दिनेश सुनार, इतराज सुनार, राजु थापा, राजु गुरुङ, चन्द्रमाया गुरुङ, इन्द्रा गुरुङ, कृष्णबहादुर गुरुङ र अशोकुमार गुरुङले उम्मेदवार बन्न इच्छापत्र हालेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार