• बिहिबार, साउन १४ २०८३

गोरखा-१: प्रदेश उम्मेदवार बन्न काँग्रेसमा आकांक्षीकाे लर्काे, ३३ जनाले हाले मनाेनयन


सोमबार, भाद्र १३ २०७९
755
Shares

गोरखा । आगामी मंसिर ४ मा ताेकिएकाे प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस गोरखाले आज उम्मेदवार बन्न इच्छुकसंग निवेदन मागेकाे छ ।

प्रदेश सभामा उम्मेदवार बन्न आकांक्षीसंग काँग्रेसले रजिष्ट्रेशन शुल्क नै ताेकेर निवेदन मागेकाे हाे । प्रतिब्यक्ति ७ हजार रुपैया ताेकेकाे काँग्रेसले प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फकाे आकांक्षीहरुकाे इच्छापत्र दर्ता गएकाे पार्टीका जिल्ला सचिव कृष्ण आलेले जानकारी दिए ।

जसमा गोरखा क्षेत्र नम्बर १ काे दुई प्रदेश सभामा गरी ३३ जनाले इच्छा जाहेर गरेका छन् । क्षेत्र नम्बर १ काे क मा ५ जनाले प्रत्यक्ष र १२ जनाले समानुपातिक तर्फ त्यस्तै प्रदेश ख मा ९ जना प्रत्यक्ष र ७ जनाले समानुपातिकमा आकांक्षापत्र दर्ता गराएकाे क्षेत्रिय सभापति नारायण लामिछानेले सिभिलखबरलाई बताए ।

जसमा क्षेत्र नम्बर १ काे प्रदेश क तर्फ प्रत्यक्ष उम्मेदवार बन्न इच्छा ब्यक्त गर्नेमा धिरन थापा, भुगाेल थापा, विश्वदेव श्रेष्ठ, जनार्दन अर्याल र विना कुमारी श्रेष्ठ रहेका छन् ।

त्यस्तै समानुपातिकमा इच्छा जाहेर गर्नेमा कृष्ण बहादुर आले, किरणबाबु श्रेष्ठ, शरदबाबु श्रेष्ठ, कमला लामिछाने, रेशम गुरुङ, जनुका पन्त, हरि गान्धारी, ताेकमान श्रेष्ठ, रिता परियार, अलिउल्ला मियाँ, अर्जुन भट्टराई र टिका श्रेष्ठ रहेकाे क्षेत्रिय सभापति लामिछानेले जानकारी दिए ।

त्यस्तै १ काे प्रदेश ख मा प्रत्यक्षतर्फ पार्टी सभापति नन्दप्रसाद न्याैपानेसहित बुद्धिप्रसाद श्रेष्ठ, डिल्लीराम तिमिल्सिना, इश्वर पाण्डे, प्रेम कुमार खत्री, विरबहादुर ढकाल (विरबल), पूर्णबहादुर दाहाल, तारा पुडासैनी र धर्मेन्द्रकाजी श्रेष्ठ रहेकाे पार्टीका प्रदेश ख सभापति ठाकुर भट्टले जानकारी दिए ।

त्यस्तै समानुपातिक तर्फ उम्मेदवार बन्न इच्छा जाहेर गर्नेमा रामु नेपाली विदेश नराल ओमहरी घले फुलमाया गुरुङ भरत भट्ट सन्तबहादुर गुरुङ र छेवाङ ग्याल्जेन लामा रहेकाे सभापति भट्टले सिभिलखबरलाई जानकारी दिए ।

काँग्रेसले प्रतिनिधी सभा तर्फ क्षेत्र नम्बर १ र २ मा उम्मेदवार बन्न इच्छुकलाई भने आगामी १५ गतेभित्र निवेदन माग गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार