
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका छन्।
उनले सोमबार सांसद रायमाझीलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन्।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा सदस्य रायमाझीलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरिएको संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन्।


