
गोरखा । नेकपा (माओवादी केन्द्र) को जिल्ला समन्वय समिति गोरखाको संयोजकमा विष्णु भट्ट चयन भएका छन् ।

आइतबार सम्पन्न गण्डकी प्रदेश कमिटीको वैठकले सर्वसमम्मत रुपमा भट्टलाई जिल्ला संयोजकमा चयन गरेका हुन् ।
यसअघि संयोजक रहेका लेखबहादुर थापा बैकल्पिक केन्द्रीय सदस्य बनेपछि रिक्त भएको पदमा भट्टलाई चयन गरेको हो । त्यस्तै बैठकले गोरखा नगरपालिकाको इञ्चार्जमा धना तमु, पालुङ्टार नगरपालिकाको इञ्चार्जमा विवश चिन्तन, सिरानचोक गाउँपालिकाको इन्चार्जमा पूर्णकुमारी कँडेललाई चयन गरेको छ ।



त्यसैगरी गण्डकी गाउँपालिकाको इञ्चार्जमा दिपक तिमिल्सिना, सहिदलखन गाउँपालिकाको इञ्चार्जमा कृष्ण बहादुर चेपाङ, भिमसेन थापा गाउँपालिकाको इञ्चार्जमा लोक प्रसाद बन्जरा, आरुघाट गाउँपालिकाको इन्चार्जमा श्याम कुमार श्रेष्ठलाई चयन गरिएको पार्टीको जिल्ला संयोजक विष्णु भट्टले बताए ।
धार्चे गाउँपालिकाको इन्चार्जमा छम बहादुर गुरुङ, चुमनुब्री गाउँपालिकाको इन्चार्जमा निमा लामा, बारपाक सुलिकोटको इन्चार्जमा धामी बराम, अजिरकोट गाउँपालिकाको इन्चार्जमा अनिता भुजेललाई चयन गरिएको उनले जानकारी दिए । पार्टीको प्रदेश कमिटी सदस्य तथा जिल्ला कार्यालयको इन्चार्जमा अकुर तिमिल्सिनालाई चयन गरिएको उनले बताए ।


