• बिहिबार, साउन १४ २०८३

एमालेले बनायो ओलीको नेतृत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी


आइतबार, भाद्र १२ २०७९
815
Shares

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार निर्वाचन परिचालन समितिले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि बनाएको छ।

एमालेले बनाएको निर्वाचन परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ। 

एमालेले अब प्रदेश, जिल्ला र गाउँपालिका तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने जानकारी रिजालले दिएका छन्।

निर्वाचन कमिटीमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीका केन्द्रीय विभागका सचिव सदस्य छन्। 

एमालेले तत्कालै वाम गठबन्धन नहुने बताउँदै एक्लै चुनावमा जाने निष्कर्ष निकालेको छ। एमालेले आगामी भदौ २४ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न पनि मातहत कमिटीहरूलाई भनेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार