
गोरखा । गोरखा कपडा तथा फेन्सी व्यवसायी संघको अध्यक्षमा सुवास मल्ल चयन भएका छन् । शनिबार सम्पन्न संघको पाँचौ साधारणसभा तेसो अधिवेशबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।



संघको उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, सचिवमा जमिल मियाँ निर्विराेध चयन भएका छन् । त्यस्तै संघकाे कोषाध्यक्षमा अजीज मियाँ र सहसचिवमा सिर्जना कोइराला चयन भए भने सदस्यहरुमा रिक्तबहादुर बानियाँ, विरण काजी श्रेष्ठ, किरण गुरुङ, शोभा अधिकारी र राजेन्द्रप्रसाद रौनियार चयन भएको संघले जनाएको छ ।



संघको निवर्तमान अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा तथा गोरखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, फेन्सी संघका पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ, पूर्व सदस्य मिनादेवी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

