• बिहिबार, साउन १४ २०८३

मंगलादेवीकाे समृतीमा महिला संघद्धारा गोरखामा कार्यक्रम


शुक्रबार, भाद्र १० २०७९
790
Shares

गोरखा । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहकाे सत्ताइसाै स्मृती दिवशका अवसरमा गोरखामा कार्यक्रम भएकाे छ ।

नेपाल महिला संघ गोरखा नगर समितीले सिंहकाे स्मृती दिवशका अवसरमा कार्यक्रम आयाेजना गरेर नेपाली राजनीति र महिला आन्दाेलनमा उनकाे याेगदानकाे चर्चा गरेकाे हाे ।

संघकी गोरखा नगर अध्यक्ष विना कुमारी श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली काँग्रेस गोरखाका काेषाध्यक्ष बलराम खड्काकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रमकै अवसरमा संघले गोरखा नगरपालिका ३ र १० का दुई जना आर्थिक स्थिती कमजाेर भएका दुई महिलालाई नगद १०/ १० हजारका दरले सहयाेग समेत गरिएकाे संघकी नगर सचिव रञ्जिला श्रेष्ठले बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिती सदस्य राजनराज पन्त, महाधिवशेन प्रतिनिधीहरु फुलमाया गुरुङ्ग, कमला लामिछाने, पार्टीका सहसचिव लुमनाथ लामिछाने लगायतकाे उपस्थिती रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार