• शुक्रबार, भाद्र २६ २०८३

समानुपातिक निर्वाचनतर्फ भाग लिन दलले आयोगमा निवेदन दिनुपर्ने


शुक्रबार, भाद्र १० २०७९
730
Shares

निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन दलहरूबाट निवेदन आह्वान गरेको छ।

आयोगले शुक्रबारदेखि भदौ १२ गतेसम्म निवेदन दिइसक्न समय दिएको छ।

प्रत्यक्षतर्फ दलका उम्मेदवारले मनोनयन दर्ता गरेजस्तै समानुपातिकतर्फ राजनीतिक दल उम्मेदवार भई मनोनयन दर्ताका लागि निवेदन दिन आयोगले समय दिएको हो।

आयोगका एक पदाधिकारीका अनुसार दलहरूले मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिन सक्नेछन्। आयोग परिसरमै उक्त कार्यालय खोलिसकिएको छ।

आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ गते गर्ने तयारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार