• बिहिबार, साउन १४ २०८३

डोजर चलाएपछि बालेनले भने–नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ


बिहिबार, भाद्र ९ २०७९
1K
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अल्फाबिटा कम्प्लेक्सका मालिकले आफूसँग नक्सा मागेपछि अफिसबाट नक्सा र डोजर लगेर एक्सन लिएको बताएका छन् ।

‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ’, अल्फाबिटामा डोजर लगाएर अवैध संरचना भत्काउँदै गरेको तस्बिरसहित बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले अगाडि लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिकरुपमा बनाइएको संरचना हटाइ दिनु होला ।’ उनले नक्सा जसरी पास भएको छ त्यही अनुसार संरचना बनाउन पनि आग्रह गरेका छन् ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार