• बिहिबार, साउन १४ २०८३

समाजवादी विद्यार्थी युनियनले बनायाे नयाँ केन्द्रीय समिति, गोरखाबाट काे-काे परे ?


बिहिबार, भाद्र ९ २०७९
915
Shares

गोरखा । नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समितिमा नयाँ नेतृत्व चयन गरेको छ ।

संगठनको स्थापना दिवसको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठक नेत्र चापागाईलाई अध्यक्ष र टंक धमलालाई महासचिवमा चयन गरेको छ ।

नवनिर्वाचित केन्द्रीय समितिमा ४५ सदस्यीय पदाधिकारी र १९९ सदस्य रहेकाे बताइएकाे छ । संगठनको उपाध्यक्षमा ईश्वर अधिकारी, बलबहादुर रम्तेल, ओमनारायण महतो, लोकेन्द्रकुमार अधिकारी, नुरि मिकरानी, नागमा कादरी मिकरानी रहेका छन्।

संगठनमा गोरखाबाट केन्द्रिय सचिवमा विष्णु न्याैपानेसहित भरत ढकाल, केशव संग्राैला, राजु ढकाल र लाेक प्रसाद ढकाल चयन भएका छन् । त्यस्तै काेषाध्यक्ष पदमा समेत गोरखाकै जनक ढकाल सर्वसम्मत भएकाे सचिव विष्णु न्याैपाने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार