• शनिबार, साउन ९ २०८३

कोरोनाले जात-धर्म चिन्दैन, मिडियाले संवेदनशीलता बुझ्नु पर्यो- रहबर अन्सारी


शुक्रबार, बैशाख ५ २०७७
1.5K
Shares

युवा राजनीतिकर्मी रहबर अनसारीले कोरोना भाइरसको कुनै जात धर्म नहुने बताएका छन्। विशेषगरि बिरगंज क्षेत्रमा मुस्लिमहरुले कोरोना फैलाएको आरोपको बिषयमा सिभिलखबरकाे नागरिक बहसमा कुराकानी गर्दै अन्सारीले कोरोनाको जात धर्म र बर्ग केहि नहुने बताएका हुन्। 

“कोरोनाले कुनै जात धर्म भन्दैन, नत यसले धनी गरिब नै भन्छ” उनले भने, “संयोगले बिरगंजको एउटा मस्जिदमा बस्दै आएका भारतका नागरिकमा कोरोना देखियो, तर वास्तविकता के हो भने उनीहरु ४ महिनाअघि देखि नै बिरगंजमा थिए र लकडाउनले गर्दा उनीहरु त्यहाँ अड्किएका हुन्। “

उनले अगाडी भने, “अहिले मस्जिदमा तब्लिग या जमातीका मान्छे समातिए भनेर मिडियामा भनिएको छ, यहि कुरामा कमजोरी भएको छ।

जमातमा हिड्ने मानिसहरु मस्जिदको यतीमखाना (बस्ने एउटा ठाउँ) मा बस्ने गर्दछन, यो आस्थासँग जोडिएको बिषय हो। मिडियाकर्मीले समाजलाई सहि र सत्य सूचना दिनुपर्छ र सबै संवेदनशील हुनु आवश्यक छ।”

जुन धर्म समुदायकालाई पनि कोरोना संक्रमण हुन् सक्ने भएकाले सबैले आ आफ्नो ठाउँबाट सतर्क हुन् समेत उनले आग्रह गरेका छन्। समुदायमा सबैको चेतना स्तर उस्तै नहुने भन्दै उनले चेतना हुनेले समुदायमा सद्भाव बिथोल्ने गरि काम गर्न नहुने बताए। 

अर्को प्रसंगमा कुराकानी गर्दै अन्सारीले निजि अस्पतालको बारेमा एकतर्फी कुराहरु बाहिर ल्याइएको बताए। निजि अस्पतालले पनि कोरोना संक्रमणको आशंका रहेका व्यक्तिलाई लियो भने नेपालमा पनि स्पेन र इटाली जस्तो अवस्था आउन सक्ने उनले बताए। 

संक्रमणको शंका भएकालाई लिंदा अस्पतालमा रहेका अन्य संवेदनशील बिरामीलाई तथा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी मार्फत उनका परिवारमा कोरोना सर्ने सम्भावना उच्च रहेकाले यसका लागि अलग्गै अस्पतालमा उपचारको व्यवस्था गर्नुपर्ने उनले बताए।

“कोरोना उपचारका लागि निजि अस्पताल चाहिन्छ भने प्रयोग गर्न दिन्छौं तर सामान्य बिरामी र कोरोना आशंकाकालाई एकै ठाउँमा राखेर उपचार गर्ने कुराले जोखिम बढ्छ” उनले सिभिलखबरसंग भने। 

बीना कुनै सुरक्षा सामग्री निजि अस्पतालले उपचार गर्न नसक्ने समेत उनले बताए। आजका दिनमा पनि पैसा भएरपनि कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री किन्न नपाएको अन्सारीले गुनासो गरेका छन्।

गण्डकी अस्पतालका संचालक समेत रहेका अन्सारीले आफ्नो अस्पतालमा कोरोना संक्रमणको आशंका भएको भन्दै टेकु अस्पताल रिफर गर्न सुझाब दिइएको बिरामी आउँदा नलिएको घटनालाई समेत अतिरन्जित गरिएको समेत उनले बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार