• बिहिबार, साउन १४ २०८३

भारतीय राजदूत भेट्न छाेरी लिएर पुगे बाबुराम


बिहिबार, भाद्र ९ २०७९
680
Shares

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय राजदूतसँग भेट गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत भारतीय राजदूत नवीन श्रीवास्तवसँगको फोटो सेयर गर्दै डा. भट्टराईले भेटबारे जानकारी गराएका हुन् ।

उनले भेटमा नेपाल र भारतबीच आपसी हितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।

डा. भट्टराईले लेखेका छन्, ‘नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवद्वारा शिष्टाचार भेट ! नेपाल र भारतबीचका आपसी हितका विषयमा विचारविमर्श !’

भेटमा भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि सहभागी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार