• बिहिबार, साउन १४ २०८३

सिट बाँडफाँटबारे बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुने


बिहिबार, भाद्र ९ २०७९
730
Shares

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सिट बाँडफाँटबारे छलफल हुने भएको छ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटबारे प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच आज बिहान छलफल हुने भएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बुधबार अपरान्ह बस्ने गरी बोलाइए पनि नेताहरूको कार्यव्यस्तताका कारण स्थगित भएको थियो।

बिहीबार बिहान ९ बजेपछि बालुवाटारमा बस्ने गठबन्धन बैठकमा सिट बाँडफाँटबारे छलफल हुने एक सदस्यले जानकारी दिए।

सिट बाँडफाँटबारे गठबन्धनले साउन २० मा ११ सदस्यीय कार्यदल बनाएको थियो। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलको बैठक पटकपटक बसे पनि सिट बाँडफाँटबारे ठोस खाका पेश हुन सकेको छैन।

शीर्ष नेताहरूसँग परामर्शपछि कार्यदलले कसले कति सिट लिने र कहाँ-कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे निर्णयमा पुग्ने तयारी दलहरूको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार