• सोमबार, साउन ११ २०८३

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण पुष्टि


बुधबार, भाद्र ८ २०७९
1K
Shares

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो ।

नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’ मा बसेका छन्।

कांग्रेसका पूर्व महामन्त्री सिटौला आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकसमेत हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार