• बिहिबार, साउन १४ २०८३

कांग्रेसले भदाै १० बाट चुनावी अभियान थाल्ने, बाग्लुङमा अब्दुल सत्तारलाई खटाइयाे


मंगलबार, भाद्र ७ २०७९
890
Shares

काठमाण्डौं । नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो ।

‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० गतेबाट सुरु हुँदैछ । कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरु हुनु दुई दिन अघि नै जिल्लामा पुग्न निर्देशन दिइसकेको छ । केन्द्रीय प्रतिनिधिले एक जिल्लामा पाँच वटासम्म कार्यक्रममा सहभागी हुनुपर्ने कांग्रेसले जनाएको छ । 

भदौ १० गतेदेखि सुरू हुने उक्त अभियानका लागि पार्टीले केन्द्रिय सदस्य अब्दुल सत्तारलाई बाग्लुङ जिल्लाका लागि प्रतिनिधि खटाएकाे छ । उनि बुधबार बाग्लुङ पुग्ने र जिल्लामा आयोजना हुने पार्टीकाे अभियानको कार्यक्रम सहभागी हुने सत्तारकाे सचिवालयले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार