गोरखा । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा गोरखामा नेपाल युवा संस्था संजाल आयोनले एक दिने चुनावी प्रकृया र नीति निर्माण तहमा युवाको संलग्नता विषय प्यानल छलफल सम्पन्न भएको छ ।
आयोनको उपाध्यक्ष मिलन सिँह वस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश साँसद लेख वहादुर थापा, गोरखा नगरपालिकाको उपमेयर मोसली माया थोकर, जिल्ला निर्वाचन कार्यालयको प्रमुख टेक वहादुर कोइराला, युवा अभियान्ता हरि देवकोटाले चुनावी प्रकृया र नीति निर्माण तहमा युवाको संलग्नतामा आफ्नो धारणा राखेको थिए ।
साँसद थापाले युवा देश विकासको महत्वपुर्ण शक्ति भएता पनि युवा, वयस्क र वृद्ध सवैको समावेशीकरणवाट मात्र देशले प्रगती गर्न सक्ने वताए ।
गोरखा नगरपालिकाको उपप्रमख मोसली माया थोकरले युवा भएकै कारण आफु पटक पटक पछाडी परेको वताइन् । आफु उपप्रमुख भए पछि युवा लक्षित कार्यक्रमहरुको थालनी भएको वताइन् ।
निर्वाचन कार्यालयको प्रमुख कोइरालाले उमेरको हदवन्दी विभिन्न अध्ययन र अनुभवको आधारमा तोकिएको वताए ।
साथै युवाहरुलाई वढि भन्दा वढि मतदाता शिक्षामा परिचालन गर्न सकेमा मतवदरको संख्या घटाउने सकिने वताए उनले वताए । कार्यक्रममा गोरखा न.पा.को १२ का स्थानीय मुक्त कुमारी कुमालले कार्यालय सहयोगी हुनको लागि ८ कक्षा पास हुन पर्ने तर देश चलाउन किन पढाई र योग्यता नचाहिने भनि प्रश्न गरेकी थिइन् ।
नगर वडा संजालको श्याम राना मगरले युवा तथा खेलकुद लक्षित कार्यक्रमहरु वडा वडामा लैजान माग गरे ।
वडा नं ८ को जनप्रतिनिधि अनिल राना मगरले मृत्यु भएको व्यक्तिको समेत मतदाता नामावली नाम प्रकाशन भएकाले त्यसलाई हटाउन माग गरे ।

पत्रकार मोहसिन अलि मियाँको सहजीकरण सम्पन्न उक्त कार्यक्रममा युवा अभियान्ता हरि देवकोटाले स्थानीय तहको पछिल्ला चुनावमा झण्डै ४१ प्रतिशत युवा निर्वाचित भएता पनि पालिकाको प्रमुख उपप्रमुखमा १९ प्रतिशत मात्रै भएको वताएका थिए ।
हाल देशको कानुन अनुसार २१ वर्ष भएपछि स्थानीय तहमा, प्रदेश तथा प्रतिनिधिसभामा २५ वर्ष, राष्ट्रियसभामा ३५ र राष्ट्रपति उपराष्ट्रपति हुनको लागि ४५ वर्ष नियम भएकाले पनि तवै तहमा युवाले चाहदैमा पुग्न नसक्ने वताए ।
देशको कानुन भन्दा पनि पार्टीमा रहेका नेताहरुको कारण युवाहरुले जिम्मेवारी नपाएको उनले वताए । कार्यक्रममा युवालाई समेटेर विकासमा लाग्ने वक्ताहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।