
गोरखा। गोरखाका पत्रकार किरण लोहनी ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान) को केन्द्रिय सदस्यमा चयन भएका छन् ।

काण्ठमाण्डौँमा भदौ ५ गते भएको अधिवेशनले गोरखाका पत्रकार लोहनीलाई केन्द्रिय सदस्यमा चयन गरेको हो ।
उनी यस अघि बानको गण्डकी प्रदेश संयोजक समेत रहेका थिए । प्रेस चौतारी नेपालको उनी केन्द्रिय सदस्य पनि हुन् ।
पत्रकार लोहनी गोरखाको च्वाइस एफ एम र काठमाण्डौको उज्यालो अनलाइनमा पनि आबद्ध छन् ।
अधिवेशनले अध्यक्षमा कुमार भट्टराई, बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाई, उपाध्यक्ष दुर्गा अधिकारी, गोबिन्दराज रोस्यारा, राजकुमार थापा, महासचिव नबिनबाबु राई, उपमहासचिव नबराज खनाल, सचिव किरण पाण्डे, महिला सचिव रेवती पराजुली, कोषाध्यक्ष हरि जोशी, सह कोषाध्यक्षमा विपिन ढुङ्गानालाई चयन गरेको छ ।


