• बिहिबार, साउन १४ २०८३

ऋृषि कट्टेल लगायतले गरेकाे नेपाल बन्दले गोरखा ठप्प


मंगलबार, भाद्र ७ २०७९
1K
Shares

गोरखा । ऋृषि कट्टेल नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी लगायतले गरेकाे नेपाल बन्दले गोरखा बिहानैदेखि ठप्प भएकाे छ ।

मुल्यबृद्धि, एमसिसी, भ्रष्टाचार, राष्ट्र हित विपरितका सन्धी सम्झाैता लगायतकाे बिराेधमा कट्टेलसहित नेत्र विक्रम चन्द (विप्लव), आहुती र कर्णजित बुढाथाेकी लगायतले गरेकाे नेपाल बन्दकाे प्रभावमा गोरखा ठप्प बनेकाे हाे ।

यहाँ बिहानैदेखि छिटपुट नीजि सवारी बाहेक लामाे तथा छाेटाे दुरीका सार्वजानिक यातायात चल्न सकेका छैनन भने बजार र शिक्षण संस्था समेत बन्द छन् ।

तर हालसम्म गोरखाका कुनैपनि स्थानमा बन्दकर्ताबाट अवराेध तथा शंकास्पद गतिविधी भएकाे जानकारी भने नआएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

तस्विर: सुमन कार्की

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार