• बिहिबार, साउन १४ २०८३

प्रदेश सरकारको उपस्थिति देखिने गरी काम गर्न निर्देशन


मंगलबार, भाद्र ७ २०७९
600
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको उपस्थिति देखिनेगरी काम गर्न प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रतिष्ठानले पेस गरेको वार्षिक प्रतिवेदन बुझ्दै उनले सङ्घीयतालाई संस्थागत गर्न र प्रदेश सरकारको औचित्य साबित गर्ने सवालमा अझ चिन्तनशील भएर काम गर्न निर्देशन दिए ।

नागरिकले पाउने सेवा प्रवाहका क्षेत्रमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई आवश्यकतानुसारका तालिम प्रदान गर्न प्रतिष्ठानले थप मेहनत गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड थियो । उनले अन्य प्रदेश र गण्डकीमा स्थापित प्रतिष्ठान र तिनका कार्य सम्पादनबारे जिज्ञासा राखेका थिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले मुख्यमन्त्री पोखरेलसमक्ष प्रस्तुत गरेको प्रतिवेदनमा गत वर्षलाई रणनीतिक, आर्थिक, संस्थागत विकासको वर्षका रुपमा लिएर काम गरिएको उल्लेख छ । प्रदेश तथा स्थानीय तहका लागि तालिम आवश्यकताको पहिचान र सोका आधारमा वार्षिक कार्यक्रम र बजेट निर्माण गरिएको छ ।

निर्देशक पाण्डेले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि लामो र छोटो अवधिका एक सय ६३ वटा तालिमबाट ६ हजार आठ सय ८७ जनाको क्षमता विकास गरिएको जानकारी दिइयो । उनका अनुसार गण्डकी प्रदेश लोक सेवा आयोगद्वारा प्रदेशअन्तर्गतका कार्यालय र स्थानीय तहका लागि छनोट गरी सिफारिस भएका आठ सय २० जना प्राविधिक कर्मचारीलाई सेवा प्रवेशसम्बन्धी अभिमुखीकरण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार