• आइतबार, कार्तिक ९ २०८३

निर्वाचनको मौन अवधि २४ घण्टा बनाउन एमालेको सुझाव


सोमबार, भाद्र ६ २०७९
1000
Shares

नेकपा (एमाले) ले निर्वाचनको मौन अवधि २४ घण्टामा झार्न सुझाव दिएको छ। 

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्तावित गरेको आचारसंहिता संशोधन गर्न एमालेले यस्तो सुझाव दिएको हो।

एमालेले बुँदागत रुपमा ३७ बुँदामा दफावार संशोधनका लागि निर्वाचन आयोगमा सुझाव प्रस्तुत गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जनाएका छन्।

सो सुझावमा निर्वाचन आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने, निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउनुपर्ने, उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्नेलगायत छन्। 

यस्तै, गलत मनसायले नियतवश बालबालिकाको निर्वाचनमा प्रयोगलाई निषेध गर्नुपर्ने, निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै आचारसंहिता लागू नगराई आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्ने, जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था गर्नुपर्ने, अनुमति भन्ने हटाउनुपर्ने एमालेको सुझाव छ।

यसैगरी आचारसंहितामा मुख्य प्रचारकको संख्या तोक्नु नहुने तर मुख्य प्रचारक को–को हुने भन्ने जानकारी निर्वाचन आयोगलाई हुनुपर्ने व्यवस्था गर्ने, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै राजनीतिक दल वा उम्मेदवारको बढी र कुनै राजनीतिक दल वा उम्मेदवारको कम स्थान दिई कार्यक्रम, समाचार, विचार प्रवाह नगरी समानुपातिक र सन्तुलित गर्नुपर्ने, जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने सुझाव दिइएको छ। 

एमालेले आयोगलाई बुझाएको सुझाव पत्रमा डिजिटल, अनलाइन, छापा, श्रव्यदृश्य सञ्चारमाध्यमको सुक्ष्म अनुगमन गर्न विशेष इकाई गठन गर्नुपर्ने, अनुसूची–३ को दफा ८ को मत सदर बदर भए उपरको पुनरावेदकीय अधिकारबाट बञ्चित हुने प्रावधान हटाउनुपर्ने, निर्वाचन आचारसंहिता पालना नगरेको विरुद्ध दिइने उजुरीको ढाँचालाई अनिवार्य नगर्ने जस्ता बुँदाहरू उल्लेख छन्।

यस्ताे छ एमालेकाे सुझाव :

https://drive.google.com/file/d/18qZZ6EzP_w3Ndwk4q2CyYQ96K5KneP7-/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार