गोरखा । अनेरास्ववियू गोरखाले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियाेगितामा माेर्डन इंलिस स्कुल पहिलाे बनेकाे छ ।
आइतबार गाेरखा नगरपालिका ७ स्थित नवज्याेती माविमा नेकपा एस निकट विधार्थी संगठन अनेरास्ववियू गोरखाले आयाेजना गरेकाे प्रतियाेगितामा हरमटारीकाे माेर्डन स्कुल पहिलाे बनेकाे हाे ।

साे विधालयबाट प्रजेश खनाल, जेनिशा राेका र सम्पन्न तिवारीले अन्य नाै विधालयलाई पछि पार्दै पहिलाे स्थान हासिल गर्न सफल भएका हुन् ।
अनेरास्ववियू गोरखाका अध्यक्ष सचिन भट्टराईकाे अध्यक्षतामा भएकाे प्रतियाेगितामा सेन्ट जाेसेफ स्कुल दाेस्राे र द ओल्ड क्यापिटल मावी रानीवन तेस्राे भएका छन् । प्रतियाेगितामा प्रथम, द्धितिय र तृतिय हुने विधालयलाई क्रमश ७ हजार, ३ हजार ५ सय र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएकाे अध्यक्ष भट्टराईले जानकारी दिए ।

अनेरास्वियूका केन्द्रिय उपाध्यक्ष केशरी रेग्मीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपका एकिकृत समाजवादी गोरखाका अध्यक्ष यादव वस्नेत, अनेरास्वियूका गण्डकी प्रदेश अध्यक्ष ठाकुर पराजुली, केन्द्रिय उपमाहासचिब राजन पराजुली, केन्द्रिय सचिव प्रकाश श्रेष्ठ, अनेरास्वविय स्थायी कमिटी सदस्य सन्तोस न्याैपाने लगायतकाे सहभागिता रहेकाे थियाे ।
