• बिहिबार, साउन १४ २०८३

एकै क्षेत्रका दुई नेता माओवादी पदाधिकारीमा चयन, बरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, पाण्डे सचिव


आइतबार, भाद्र ५ २०७९
915
Shares

गोरखा । एकै क्षेत्रका दुई नेता माओवादीकाे केन्द्रिय पदाधिकारीमा चयन भएका छन् । नेकपा माओवादी केन्द्रले हिजाे चयन गरेकाे पदाधिकारीमा गोरखा क्षेत्र नम्बर २ का नेताद्धय नारायणकाजी श्रेष्ठ र हितराज पाण्डे पदाधिकारीमा चयन भएका हुन् ।

जसमा श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्दा पाण्डे सचिव चयन भएका हुन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ गोरखा २ काे सिराचाेक गाउँपालिकाका स्थायी बासिन्दा हुन भने सचिव पाण्डे पालुङटारका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रस्ताव अनुमोदन गरेको हो।

माओवादीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, सात जना उपमहासचिव, नौ जना सचिव र एक जना कोषाध्यक्ष तोकिएको थियाे ।

जसअनुसार अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ छन्।

यस्तै उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल चयन भएका छन्।

यसैगरी सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्त तोकिएको माओवादीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार