• बिहिबार, साउन १४ २०८३

गण्डकीका सांसदलाई रकम बाँड्न निर्वाचन आयाेगकाे राेक


शुक्रबार, भाद्र ३ २०७९
645
Shares

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारले सञ्चालन गर्न लागेको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा रोक लगाएको छ। 

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति तोकिसकेको अवस्थामा तथा प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत बजेट दिन एवं कार्यविधि बनाएर सांसदलाई योजना छनौट गर्न लगाइएको र योजना बाँड्ने तयारी भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘आसन्न निर्वाचनका प्रकृयाहरू शुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वभाविक मान्न सकिँदैन। अझ वितरणमुखी कार्यक्रमले त निर्वाचनको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने देखिन्छ’ आयोगले भनेको छ ।

आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न विभिन्न निकायलाई निर्देशन दिन सक्ने स्पष्ट कानूनी व्यवस्था भएको हुँदा आयोगले उपर्युक्त प्रदेश सरकारहरूलाई उल्लिखित काम कारबाहीहरू नगर्न नगराउन हुन् निर्देशन दिनुका साथै निम्नानुसार स्पष्टीकरण सोधेको छ। 

आयोगबाट दिइएको निर्देशन

प्रदेश सरकारको आ.व. २०७९/०८० को बजेट तथा कार्यक्रममा समावेश भएको ‘पूर्वाधार विकास कार्यक्रम’ प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, गण्डकी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेश, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश र गण्डकी प्रदेशका प्रमुख सचिवले कार्यान्वयन नगर्ने नगराउने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार