नेपाल तमु(गुरुङ) विद्यार्थी छोँज धि गोरखाको नयाँ कार्य समिति गठन गरिएको छ । गोरखा सदरमुकाममा शुक्रबार सम्पन्न भएको समितिको चौथो अधिवेशनबाट मनोज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा पवन गुरुङ, प्रेमा गुरुङ, सचिवमा राजन गुरुङ, सहसचिवमा देवी गुरुङ र कोषाध्यक्षमा अन्जना गुरुङ चयन भएका छन् ।
समितिको सदस्यहरुमा कुमारी गुरुङ, चाँदनी गुरुङ, अनिशा गुरुङ, उबेशी गुरुङ, सर माया गुरुङ, विवर गुरुङ, धनु गुरुङ, विशाल गुरुङ र लालमान गुरुङ रहेका छन् । सम्पूर्ण तमू विद्यार्थीहरु एकजुट हौँ भन्ने नारा लिएर समिति गठन गरिएको हो ।
नेपाल तमू(गुरुङ)विद्यार्थी छोँज धीं कार्यबाहक अध्यक्ष राजन गुरुङको अध्यक्षता तथा तमूह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष रामबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमू विद्यार्थी छोँज धिका महासचिव पूर्ण बहादुर तमु, नेपाल विद्यार्थी छोँज धी तीन नम्बर प्रदेशका पवन तमू, तमूह्युला छोधी गुरुङ राष्ट्रिय परिषदका सदस्य शुक बहादुर तमू लगायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।