• बिहिबार, साउन १४ २०८३

देशभर उम्मेद्वार खोज्दै राष्ट्रिय स्वतन्त्र पार्टी


शुक्रबार, भाद्र ३ २०७९
675
Shares

 राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा उम्मेद्वारी दिने इच्छा भएका व्यक्तिलाई फर्म भर्न आव्हान गरेको छ ।

विहीबार काठमाडौँमा रहेको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त पार्टीले देशभरका इच्छुक नागरिकलाई फर्म भर्न आव्हान गरेको हो ।

पहुँच भएकाले मात्र टिकट पाउने, पैसा खर्च गर्न सक्नेले मात्र राजनीति गर्ने, पार्टीको उच्च नेतृत्वका नेता र ती नेताको परिवारको नजिक हुनेले मात्र निर्वाचनमा टिकट पाउने, मिडियामा पहुँज हुनेको उम्मेदवारी मात्र चर्चित हुने भन्दै स्वतन्त्र पार्टीले राजनीतिक सोच भएका सबैलाई साथ दिने बताएको छ ।

पैसा हुने नहुने, पहुँच हुने नहुने जो कोहीले पनि क्षमता योग्यता इमान्दारिताका आधारमा चुनाव लड्ने पाउँने वातावरणको सिर्जना गर्नका लागि र्फम भर्न आव्हान गरिएको स्वतन्त्र पार्टीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको वेबसाइटमा गएर फारम भर्न सकिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार