• बिहिबार, साउन १४ २०८३

माओवादी स्थायी कमिटी बैठक बस्दै : पदाधिकारी टुंगो लगाउने


शुक्रबार, भाद्र ३ २०७९
720
Shares

काठमाडौं- पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बस्दै छ। बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ।

यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो। माओवादी बैठक बुधबार पनि बसेको थियो।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो। तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार