• बिहिबार, साउन १४ २०८३

कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक


बिहिबार, भाद्र २ २०७९
1.3K
Shares

सिट बाँडफाँटका लागि गठित ५ दलीय सत्ता गठबन्धन कार्यदलका सदस्यसहित शीर्ष नेताहरुको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पाँच दलका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु रहेका छन् । 

बैठकमा सिट बाँडफाँटको मापदण्डका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । साथै राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन लगायतमा छलफल हुनेछ । 

सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलमा बाँडफाँटको मोडालिटीमा सहमति जुट्न नसक्दा प्रतिवेदन तयार पार्न सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार