

गोरखा । गोरखामा भाेलीदेखि सुरु हुन लागेकाे नेपाल जेसिजको क्षेत्र ख सम्मेलनकाे तयारी अन्तिम चरणमा पुगेकाे छ ।

भाेली र पर्सि अर्थात भदाै ३ र ४ गते गोरखा बजारस्थित गोरखा संग्रालय परिसरमा हुन लागेकाे सम्मेलनकाे तयारी करिब पूरा भएकाे कार्यक्रम निर्देशक भगवानबाबु मास्लेके बताए ।
नेपाल जेसिज क्षेत्र ख का करिब ६ सय प्रतिनिधी सहभागी हुने भनिएकाे सम्मेलनकाे पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेकाे मास्केले जानकारी दिए ।
हालसम्म करिब २ सय जनाले प्रि रजिष्ट्रेशन गरिसकेकाे र बाँकीकाे भाेली नै कार्यक्रम स्थलमा रजिष्ट्रेशन गरिने निर्देशक मास्केकाे भनाई छ । सम्मेलनमा सहभागी हुन रजिष्ट्रेशन वापत ४ हजार ७ सय ५० रुपैया ताेकिएकाे उनले बताए ।



गोरखा जेसिजको आतिथ्यतामा हुने उक्त कार्यक्रममा नेपाल जेसिजका पुर्व र वर्तमान पदाधिकारीहरु, नेपाल जेसिज क्षेत्र क, ख, ग, घ का शाखाबाट प्रतिनिधी, जुनियर जेसिजहरु, स्थानीय निकायका प्रमुख तथा उपप्रमुख, सरकारी तथा गैरसरकारी कार्यलयहरु का प्रतिनिधी, लगायत गरी करिब ७ सय जनाकाे सहभगीता रहने अनुमान गरिएकाे कार्यक्रम उपनिर्देशक शरण श्रेष्ठले सिभिलखबरलाई जानकारी दिए ।
हालसम्म करिब ९० प्रतिशत तयारी सकिएकाे बताइएकाे छ । कार्यक्रम स्थलमा टेण्ट ब्यवस्थापन, मञ्च सजावट, बजार सजावट, गेट निर्माण लगायत खानाकाे ब्यवस्थापन लगायत किट ब्याग तयारी, स्मारीका तयारीकाे काम सकिएकाे पूर्वअध्यक्ष समेत रहेका उपनिर्देशक श्रेष्ठले बताए । बाँकी काम आज बिहिबार बेलुकासम्म सकिने बताइएकाे छ ।

सम्मेलनमा उपस्थीत हुने सहभागिलाई गोरखा सदरमुकाममा रहेका बिभिन्न होटलहरुमा आबासको ब्यबस्था गरीएको छ ।
गोरखा जिल्लाको पहिचान र पर्यटन क्षेत्रकाे प्रचारप्रसारका लागि सम्मेलनले टेवा पुग्ने विश्वास जेसिजले राखेकाे कार्यक्रम उपनिर्देशक श्रेष्ठले बताए ।
सम्मेलनले जिल्लाकाे आन्तरीक तथा बाह्य पर्यटन विकाससंगै जिल्लको साँस्कृतिक भेषभुषा, रहनसहन, स्थानीय परिकार आदिको प्रब्रदन हुने र ऐतिहासिक धार्मिक महत्वका सम्पदाहरुलाई प्रचारप्रसार गर्दै जिल्लमा पर्यटकहरु भित्र्याउन मद्धत पुग्ने श्रेष्ठकाे भनाई छ । सम्मेलन शनिबार सकिनेछ ।



सम्मेलनमा उद्घाटन, प्रकरण गोष्टि, बिभिन्न नेतृत्व र ब्यक्तित्व विकास सम्बन्धी तालिमहरु, क्षेत्र ख अन्तरगतका शाखा अध्यक्षहरुको बैठक, दृश्यावलोकन, साँस्कृतिक कार्यक्रमहरु, सम्मान समारोह, जुनियर जेसीज तालिम, सिनेटर बैठक लगायतका कार्यक्रमकाे तय भएकाे गोरखा जेसिज गोरखाका अध्यक्ष शैलेन्द्र भट्टले बताए ।
कार्यक्रममा करिब ४५ लाख खर्च हुने अनुमान गरिएकाे छ ।

