• बिहिबार, साउन १४ २०८३

अब स्थानीय तहबाटै क्यूआर सहितको खोप प्रमाणपत्र लिन सकिने


बुधबार, भाद्र १ २०७९
930
Shares

काठमाडौं । अब स्थानीय तहबाट पनि कोरोना भाइरसको खोप लगाएको क्यूआर सहितको प्रमाणपत्र लिन सकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै अनलाइनबाट आवेदन दिएर विद्युतीय खोप प्रमाणपत्र आउन ढिला भएमा अथवा केही प्राविधिक समस्या आएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

खोप प्रमाणपत्र प्रमाणीकरण गराउने क्रममा कुनै प्राविधिक समस्या आए भौतिक रुपमा आफूले खोप लगाएको स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिने भएकाे हाे ।

‘जोन्सन एण्ड जोन्सनको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा लगाएको स्थानीय तहको स्वास्थ्य शाखा सम्पर्क राखी क्यूआर कोड सहितको खोप प्रमाणपत्र लिनुहोला,’ सूचनामा भनिएको छ ।

साभार : टेकपाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार