• बिहिबार, साउन १४ २०८३

निर्वाचन आयोगमा विवेकशील साझा पार्टी दर्ता


मंगलबार, साउन ३१ २०७९
740
Shares

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ ।

मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो ।

पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न पुगेका थिए ।

आइतबार पार्टीले अध्यक्ष पदबाट रवीन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो । निर्वाचन आयोगले आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको छ ।

यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् । आज नै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार