• बिहिबार, साउन १४ २०८३

दल दर्ता गर्ने आज अन्तिम दिन, अहिलेसम्म कति दल दर्ता ?


मंगलबार, साउन ३१ २०७९
560
Shares

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो।

निर्वाचन आयोगले साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ता गराउन आह्वान गरेको थियो। प्रत्यक्षतर्फ र समानुपातिक तर्फ निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ।

यो अवधिमा दल दर्ता नगर्नेले दलबाट चुनावमा भाग लिन पाउँदैनन्। नेपाली कांग्रेसले आज दल दर्ता गर्दैछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेललाई केन्द्रीय कार्यम्पादन समितिको गत शनिबारको बैठकले दल दर्ता गराउने जिम्मेवारी दिएको थियो।

अहिलेसम्म आयोगमा ६२ दल दर्ता भएको छ। नेकपा एमालेले दल दर्ता गरिसकेको छ। नेकपा माओवादी केन्द्रले पनि आज दल दर्ता गराउने तयारी गरेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार