• बिहिबार, साउन १४ २०८३

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पर्यवेक्षणका लागि आवेदन खुल्यो


सोमबार, साउन ३० २०७९
795
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षणका लागि आवेदन खुला गरेको छ ।

आयोगले निर्वाचन सम्बन्धी काम कारबाहीको पर्यवेक्षणद्वारा विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले पर्यवेक्षण गर्नका लागि इच्छुक अन्तर्राष्ट्रिय संस्थालाई आवेदन दिनका लागि आइतबार सूचना प्रकाशित गरेको हो ।

इच्छुक अन्तर्राष्ट्रिय संस्थाले १५ दिनभित्र आयोगले तयार गरेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणालीमार्फत आवेदन दिन सकिने गरी व्यवस्था मिलाइएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा पर्यवेक्षण व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार