• बिहिबार, साउन १४ २०८३

नौ वर्षपछि माओवादीकै चुनाव चिह्नमा फर्किए बाबुराम


आइतबार, साउन २९ २०७९
700
Shares

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न र एउटै घोषणापत्र लगायत विषयमा भएको सहमतिबारे नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पदाधिकारीहरूलाई ब्रिफिङ गरेका छन्। ​

काठमाडौंको सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे उनले जानकारी गराएका हुन्। 

स्रोतका अनुसार बैठकमा अध्यक्षद्वय भट्टराई र महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठ, उपाध्यक्षहरू लगायतका पदाधिकारी र र पूर्व कार्यकारिणी सदस्यहरु उपस्थित थिए। 

भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आइतबार बिहान खुमलटारमा भएको अढाई घण्टा लामो वार्तामा एकै चुनाव चिह्न र एकै घोषणापत्रबारे मौखिक सहमति भएको थियो। 

स्रोतका अनुसार प्रचण्डसँग जुटेको सहमतिलाई भट्टराईले पदाधिकारीहरूबाट अनुमोदन गराएका छन्। उनले केही दिनमै लिखित सहमति हुने जानकारी पनि नेताहरुलाई दिएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार