• बिहिबार, साउन १४ २०८३

प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगमा ४० दल दर्ता


आइतबार, साउन २९ २०७९
640
Shares

आसन्‍न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि शनिबार अपरान्हसम्म विभिन्‍न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् ।

नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्‍न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ ।

सार्वजनिक बिदाका दिन पनि आयोगको कार्यालय खुला रहने र निर्वाचनसँग सम्बन्धित काम नियमित रुपमा सम्पादन हुने जनाइएको छ ।

यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्‍न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार