• बिहिबार, साउन १४ २०८३

जेसिजको क्षेत्र ख सम्मेलन उद्घाटन गर्न ‘प्रचण्ड’ गोरखा आउने


आइतबार, साउन २९ २०७९
1.2K
Shares

गोरखा। गोरखामा नेपाल जेसिजको क्षेत्र ख सम्मेलन हुने भएको छ । गोरखा जेसिजले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी भदौ ३ र ४ गते गोरखामा जेसिजकाे क्षेत्र ख सम्मेलन हुने जानकारी गराएकाे हाे ।

भदाै ३ गते गोरखा नगरपालिका ६ स्थित संग्रहालय परिसरमा हुने सम्मेलनकाे पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे कार्यक्रमका निर्देशन एवं गोरखा जेसिजका पूर्व अध्यक्ष भगवानबाबु मास्केले बताए । प्रचण्ड हेलिकाेप्टर मार्फत गोरखा आउने उनकाे भनाई छ ।

गोरखा जेसिजको आतिथ्यतामाहुने उक्त कार्यक्रममा नेपाल जेसिजका पुर्व र वर्तमान पदाधिकारीहरु, नेपाल जेसिज क्षेत्र क, ख, ग, घ का शाखाबाट प्रतिनिधी, जुनियर जेसिजहरु, स्थानीय निकायका प्रमुख तथा उपप्रमुख, सरकारी तथा गैरसरकारी कार्यलयहरु का प्रतिनिधी, लगायत गरी करिब ७ सय जनाकाे सहभागिता रहने मास्केले बताए ।

सम्मेलनमा उपस्थीत हुने सहभागिलाई गोरखा सदरमुकाममा रहेका बिभिन्न होटल, होम स्टेहरुमा आबासको ब्यबस्था गरीएको उनले बताए ।

गोरखा जिल्लाको पहिचान र पर्यटन क्षेत्रकाे प्रचारप्रसारका लागि सम्मेलनले टेवा पुग्ने विश्वास जेसिजले राखेकाे कार्यक्रम उपनिर्देशक एवं पूर्वअध्यक्ष शरण श्रेष्ठले बताए ।

सम्मेलनले जिल्लाकाे आन्तरीक तथा बाह्य पर्यटन विकाससंगै जिल्लको साँस्कृतिक भेषभुषा, रहनसहन, स्थानीय परिकार आदिको प्रब्रदन हुने र ऐतिहासिक धार्मिक महत्वका सम्पदाहरुलाई प्रचारप्रसार गर्दै जिल्लमा पर्यटकहरु भित्र्याउन मद्धत पुग्ने श्रेष्ठकाे भनाई छ ।

सम्मेलनमा उद्घाटन, प्रकरण गोष्टि, बिभिन्न नेतृत्व र ब्यक्तित्व विकास सम्बन्धी तालिमहरु, क्षेत्र ख अन्तरगतका शाखा अध्यक्षहरुको बैठक, दृश्यावलोकन, साँस्कृतिक कार्यक्रमहरु, सम्मान समारोह, जुनियर जेसीज तालिम, सिनेटर बैठक लगायतका कार्यक्रमकाे तय भएकाे गोरखा जेसिज गोरखाका अध्यक्ष शैलेन्द्र भट्टले बताए ।

कार्यक्रममा करिब ४५ लाख खर्च हुने अनुमान गरिएकाे छ । सम्मेलनकाे खर्चकाे स्राेतमा रजिष्ट्रेशन, सहयाेग रकम, स्मारिकमा विज्ञापन छपाई लगायत रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार