• मंगलबार, साउन १२ २०८३

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि


शुक्रबार, साउन २७ २०७९
1.1K
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोभिड-१९ संक्रमण भएको छ । 

अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार आज गरिएको परीक्षणमा उनमा कोभिड संक्रमण देखिएको छ । अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्य लाभ गरिरहेको सचिवालयले जनाएको छ ।

संक्रमण पुष्टि भएसँगै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार