• बिहिबार, साउन १४ २०८३

गठबन्धनमा भागबन्डाको मुख्य आधार ‘वडाध्यक्षको मत’


शुक्रबार, साउन २७ २०७९
785
Shares

पाँचदलीय सत्ता गठबन्धनले ०७४ को संसदीय निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक र ०७९ को स्थानीय तह निर्वाचनलाई मुख्य आधार मानेर सिट बाँडफाँट ‘मोडालिटी’ तयार पार्ने भएको छ ।

गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलको बिहीबार बसेको बैठकले कुन पार्टीको वास्तविक धरातल र शक्तिको आधार के हो भन्नेबारेमा ०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत बढी विश्वसनीय बन्न सक्ने निष्कर्ष निकालेको छ ।

पालिकाको प्रमुख र उपप्रमुख पदमा तालमेल भए पनि केही अपवादबाहेक वडा तहमा तालमेल नभएकाले गठबन्धनमा आबद्ध दलको मुख्य शक्तिको आधार वडा तहमा प्राप्त मत बन्न सक्ने नेताहरूको भनाइ थियो ।

मोडालिटी तयार पार्दा शीर्ष नेताहरूको निर्वाचन क्षेत्रको संवेदनशीलतालाई समेत प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार