• शुक्रबार, भाद्र २६ २०८३

गोरखामा महिला संघद्धारा जनप्रतिनिधीलाई सम्मान र तीजकाे शुभकामना आदानप्रदान


शुक्रबार, साउन २७ २०७९
920
Shares

गोरखा । नेपाल महिला संघको ७५ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित हरितालिक तीज कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल महिला संघ जिल्ला कार्य समिति गोरखाको आयोजनामा नेपाली काँग्रेसको पार्टी कार्यालयमा विहिबार कार्यक्रममा भएको हो ।

नेपाल महिला संघ गोरखाका सभापति मन कुमारी गुरुङको अध्यक्षता भएकाे कार्यक्रममा नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । सिरानचोक र आरुघाट गाउँपालिकाका प्रमुख र उपप्रमुख, भिमसेन, गण्डकी र गोरखा नगरपालिका उपप्रमुख लगायत वडा अध्यक्षहरुलाई सम्मान गरिएको महिला संघिका सचिव पुष्पादेवी श्रेष्ठले बताईन ।

साथै कार्यक्रममा हरितालिक तीज अवसरमा दर खुवाउनका साथै नाचगाँन समेत भएको थियो ।

नेपाली कांग्रेसको केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डको प्रमुख आतिथ्यता भएको कार्यक्रममा केन्द्रिय सदस्य अब्दुल सत्तार, नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपाने, महिला संघकी नेतृ रविकला खनाल, महाधिवेशन प्रतिनिधि कमला लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार